क्यारोट एण्ड ओरेन्ज जुस | Carrot and Orange Juice

0 comments

आबश्यक सामग्री : 

१. गाजर -छिलेर पातलो गरी (काटेको) - ३ सय ग्राम
२. ओरेन्ज जुस (२ कप)
३. ओरेन्ज (सुन्तलाको गुदी) -(१ कप)
४. चिनी -५० ग्राम वा आवश्यकताअनुसार
५. टुक्रा बरफ (१ सय ग्राम वा आवश्यकताअनुसार) ।


विधि :

१.  एउटा ब्लेन्डरमा काटेको गाजर, सुन्तलाको गुदी, चिनी, अलिकति बरफ र आधा सुन्तलाको रस -जुस) हाली पिस्ने।
२.  राम्रोसँग पिसिएपछि मसिनो जालीमा छान्ने।
३. त्यसमा बाँकी ओरेन्ज जुस हाली चलाउने र चिसो पारेर सर्भ गर्ने।




Read more

Post a Comment

पनीरको भुजुरी | Paneerko Bhujuree

0 comments

आवश्यक सामग्री :


१.  पनीर - २ सय ग्राम
२. प्याज - १ वटा
३. अदुवा र लसुनको पेस्ट - १ चम्चा
४.  नुन, खुर्सानीको धूलो, बेसार - आवश्यकताअनुसार
५. टमाटर - १ वटा
६. हरियो खुर्सानी - ३ वटा।


विधि :

१. पनीरलाई मसिनो गरी काट्ने।
२. त्यसलाई ठिक्कको गोल्डेन हुने गरी फ्राई गर्ने।
३. अन्त्यमा प्याज, मसला हालेर अदुवा-लसुनको पेस्ट एवं हरियो खुर्सानीसँग फ्राई गर्ने।

अब तपाइको पनिरको भुजुरी तयार भयो।



Read more

Post a Comment

बाफ माछा बनाउने तरीका

0 comments

आवश्यक सामग्री:


१. ट्राउट माछा - १ वटा
२. नेपाली मसला
३.सस्र्यूंका दाना
४.कागतीको रस
५. नुन ।


विधि :

१. ट्राउटको कत्ला सफा गर्ने ।
२.  नेपाली मसला तथा सस्र्युंका दाना पिस्ने ।
३. उक्त मसलामा लेमन जुस, नुन तथा तोरीको तेल मिसाएर माछामा दल्ने ।
४. ४५ मिनेटजति त्यत्तिकै छाडेर मःमको भाँडो वा माइक्रो वेभ जे उपलब्ध छ त्यसैमा १० मिनेटजति
छोपेर पकाउने ।

अब तपाइको बाफ माछा तयार भयो। 


Post a Comment